चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न बाबुराम भट्टराईको माग
शुक्रबार, ११ कात्तिक २०७९, १४ : २२

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् । ‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुखित छु र यसको घोर भर्त्सना गर्दछु’, शुक्रबार ट्वीटरमा उनले लेखेका छन्, ‘जसले जुनसुकै कारणले गरेको भए पनि सेवारत चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुनसक्दैन। यसलाई गम्भीरतापूर्वक लिएर तुरुन्त दोषीलाई कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासनसँग आग्रह गर्दछु।’-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री
-
मनमोहक मार्फा (तस्बिरहरू)
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)