‘जब मलाई निद्रा लाग्दैन तब विक्कीले गीत गाएर सुताउँछन्’
बलिउड अभिनेत्री कट्रिना कैफले हालै एक अन्तर्वार्तामा आफ्ना पति विक्की कौशलको बारेमा केही रोचक खुलासा गरेकी छिन् । यसबाहेक कट्रिनाले यो पनि बताइन् कि जब उनलाई निद्रा लाग्दैन तब विक्कीले गीत गाएर सुताउँछन् ।
पिंकभिलासँगको कुराकानीमा विक्कीको सबैभन्दा राम्रो बानीको बारेमा कुरा गर्दै कट्रिनाले भनिन्, ‘मलाई लाग्छ उनलाई नाच्न र गाउन मन पर्छ । नाच्दा उनले महसुस गर्ने आनन्द वास्तवमा हेर्नको लागि सबैभन्दा सुन्दर चीजहरू मध्ये एक हो। यसका साथै उनी एक राम्रो गायक पनि हुन् र कहिलेकाहीँ जब मलाई निद्रा लाग्दैन, म विक्कीलाई गीत गाउन भन्छु र उनले मेरो लागि त्यसै गर्छन् ।’
जब कट्रिनालाई विक्कीको कुन बानी धेरै खराब लाग्छ भनेर सोधिएको थियो, उनले भनिन्, 'कहिलेकाहीँ उनी धेरै जिद्दी हुन्छन् र म उनको यो बानीबाट रिसाउँछु।' कट्रिना र विक्कीले गत वर्ष डिसेम्बर ९, २०२१ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए। दुवै सन् २०१९ देखि एकअर्कालाई डेट गर्दै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली फुटबल निलम्बनमा पर्नु एन्फा पदाधिकारीकै गैरजिम्मेवारीपन : सदस्यसचिव मेहता
-
मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
-
एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक
-
सात महिना यताकै न्यूनस्तर नजिक ओर्लियो सुनको भाउ
-
गोलबजार नगरपालिकाद्वारा साढे ७५ करोडको बजेट प्रस्ताव
-
मोरङका वडाध्यक्ष र सदस्य पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण