शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जब मलाई निद्रा लाग्दैन तब विक्कीले गीत गाएर सुताउँछन्’

शनिबार, १२ कात्तिक २०७९, ०९ : १७
शनिबार, १२ कात्तिक २०७९

बलिउड अभिनेत्री कट्रिना कैफले हालै एक अन्तर्वार्तामा आफ्ना पति विक्की कौशलको बारेमा केही रोचक खुलासा गरेकी छिन् । यसबाहेक कट्रिनाले यो पनि बताइन् कि जब उनलाई निद्रा लाग्दैन तब विक्कीले गीत गाएर सुताउँछन् ।

पिंकभिलासँगको कुराकानीमा विक्कीको सबैभन्दा राम्रो बानीको बारेमा कुरा गर्दै कट्रिनाले भनिन्, ‘मलाई लाग्छ उनलाई नाच्न र गाउन मन पर्छ । नाच्दा उनले महसुस गर्ने आनन्द वास्तवमा हेर्नको लागि सबैभन्दा सुन्दर चीजहरू मध्ये एक हो। यसका साथै उनी एक राम्रो गायक पनि हुन् र कहिलेकाहीँ जब मलाई निद्रा लाग्दैन, म विक्कीलाई गीत गाउन भन्छु र उनले मेरो लागि त्यसै गर्छन् ।’

जब कट्रिनालाई विक्कीको कुन बानी धेरै खराब लाग्छ भनेर सोधिएको थियो, उनले भनिन्, 'कहिलेकाहीँ उनी धेरै जिद्दी हुन्छन् र म उनको यो बानीबाट रिसाउँछु।' कट्रिना र विक्कीले गत वर्ष डिसेम्बर ९, २०२१ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए। दुवै सन् २०१९ देखि एकअर्कालाई डेट गर्दै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप