दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
दाङ। दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन् ।
दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल रु १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिकाले रु दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजारको बजेट ल्याएको छ । यो यहाँका सबै स्थानीय निकायको भन्दा बढी छ।
घोराही उपमहानगरपालिकाले रु दुई अर्ब ३७ करोड ९५ लाख २२ हजार को बजेट पेस गरेको छ।
लमही नगरपालिकाले रु ९८ करोड १३ लाख ३७ हजार ४५४ गढवा गाउँपालिकाले रु ८२ करोड ५४ हजार, राप्ती गाउँपालिकाले रु ७५ करोड चार लाख ९६ हजार, बंगलाचुली गाउँपालिकाले ६२ करोड ८१ लाख ३३ हजार, राजपुर गाउँपालिकाले ६१ करोड एक लाख ९० हजार बजेट प्रस्तुत गरेका छन् ।
त्यसैगरी, बबई गाउँपालिकाले रु ५६ करोड चार लाख ४३ हजार, शान्तिनगर गाउँपालिकाले रु ५२ करोड २५ लाख ४७ हजार, दंगीशरण गाउँपालिकाले ४६ करोड ४५ लाख ४८ हजार बजेट सार्वजनिक गरेका छन्।पालिकाहरूले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिइएको छ।
पालिकाहरूले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका साथै आन्तरिक राजस्वलाई बजेटको मुख्य स्रोतका रूपमा लिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम, सुकुम्बासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण