बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

बिहीबार, ११ असार २०८३, ११ : ४०
बिहीबार, ११ असार २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो ।

आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।

बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य रु चार हजार ४८५ मा कारोबार भएको थियो ।

मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ५९० मा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप