सकियो ‘अन्तिम संस्कार’ को छायांकन
प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सकिएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन शनिबारबाट सकिएको हो ।
फिल्मको‘ ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्रीले जानकारी दिए । फिल्म विजय लामा, दीया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य , सुरज खालिङ्ग राई, पासाङ्ग टि शेर्पा,सन्तोष लामा,सरोज कुमाल,अनु मगर,रेश्मा श्रेष्ठ,सस्मिता र दिग्गज लगायतको अभिनय रहेको छ।
सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको फिल्मको पोस्ट प्रोडक्सनको कार्य लण्डनमा हुनेछ । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’प्रर्दशन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण