वैदेशिक व्यापारको ३ महिना : नेपालले ४ खर्ब बराबरको सामान किन्यो, ४१ अर्बको बेच्यो
चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको आयात गरेको छ । साउनदेखि असोज महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार नेपालले विदेशबाट उक्त मूल्यको वस्तु आयात गरेको हो । तर, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले न्यून हो । गत आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा नेपालले विदेशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको आयात गरेको थियो ।
यसैगरी, नेपालले यस अवधिमा जम्मा ४१ अर्ब रुपैयाँको निर्यात गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट ६५ अर्ब रुपैयाँ बराबरका निर्यात भएकामा यसवर्ष ३५ प्रतिशतले आयात घटेको हो । नेपालको आयात र निर्यात नै घटे पनि तथ्यांकअनुसार व्यापार घाटा समेत खुम्चिएको छ । गत वर्षको यही अवधिको तुलनामा यसपटक कूल व्यापार घाटा १३.१३ प्रतिशतले खुम्चिएको हो । खासगरी, नेपाल सरकारले केही वस्तुको आयातमा लगाएको आयात प्रतिबन्धका कारण विदेशबाट हुने आयात खुम्चिएको छ ।
जसले नेपालको समग्र व्यापार घाटा नै खुम्चिएको हो । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ । गत वर्षको यही अवधिमा यस्तो घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण