करिश्माको गुनासो, ‘सुन्दरताको चर्चा भयो, अभिनयको भएन’
अभिनेत्री करिश्मा आफूलाई अवार्ड नदिएको गुनासो गरेकी छन् । आफूलाई गम्भिर तथा बलियो भूमिकामा फिल्मले प्रस्तुत गर्न नसकेको उनको भनाइ थियो ।
सोमबार साँझ फिल्म ‘बगान’ को एक कार्यक्रममा मानन्धरले आफ्नो अभिनयको भन्दा पनि सधै सुन्दरता र पहिरनको चर्चा गरिएको गुनासो समेत गरिन् । ‘फिल्ममा मलाई सुन्दरता र पहिरनमा नै बढी ध्यान केन्द्रित गराइयो’ उनले भनिन् ‘मलाई कहिले पनि गम्भिर खालका भूमिकामा अफर गरिएन । सायद, मैले गर्न सक्छु भन्ने मेकरलाई नलागेको हुनसक्छ ।’ आफ्नो चर्चा धेरै पहिरन र सुन्दरता हुँदा अभिनय छायाँमा परेको उनको भनाइ थियो ।
आफू राम्रो भूमिका पाए आमाको मात्र नभएर हजुरआमाको पनि अभिनय गर्न तयार रहेको बताएकी उनले फिल्म ‘बगान’ लाई आफ्नो करिअरको दोश्रो इनिङको रुपमा चर्चा गरिन् ।
अभिनेता सरोज खनालको निर्देशन रहेको ‘बगान’मा उनी मुख्य भुमिका छिन् । कार्यक्रममा निर्देशक खनालले फिल्मबाट एकल महिलाको कथामा बनेको बताए । उनले भने–‘अहिले बुबाको बिहे देखाइएको फिल्म महापुरुष भव्यताका साथ प्रदर्शन भैरहेको छ । तर, हाम्रो फिल्मले एकल महिलाले किन बिहे गर्नु हुँदैन ? भन्ने प्रश्न उठाउँछ ।’
सुरेश वाग्लेको निर्माण रहेको फिल्मको विनोद मानन्धर कार्यकारी निर्माता हुन् । फिल्ममा करिश्माको अलवा प्रमिला कार्की, निर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय छ ।
कार्यक्रममा फिल्मको ‘उडी छुनु छ’ बोलको गीत पनि सार्वजनिक भयो । बानिका प्रधानको स्वर, सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत छ । फागुणको १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो फिल्मबाट खनालले ठूलो पर्दाको निर्देशनमा हात बढाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण