फेरि रिलिज भयो शाहरुखको डीडीएलजे
सन् १९९५ अक्टोबर २० मा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ फेरि रिलिज भएको छ । आदित्य चोपड़ा निर्देशित फिल्म अभिनेता शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फेरि रिलिज गरिएका हो ।
डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ । शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शनमा आएको हो । फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रूपैयाँ राखिएको छ ।
मिडिया रिपोर्टका अनुसार अहिले फिल्मले थोरै फिल्म हल पाएको छ । जति पाएको छ, त्यसमा राम्रो व्यवसाय गरिरहेको छ । १९९५ मा ४ करोड लागतमा बनेको यो फिल्मले सो समय ८९ करोड कमाएको थियो ।
फिल्मको ओभरसिज ब्यवसाय मात्र १३.५ करोड रहेको थियो । १९९६ मा पनि फिल्मको राम्रो क्रेज थियो । शाहरुख र काजोल अभिनित फिल्मले १९९६ को अन्त्यसम्म २ सय करोड कमाएको थियो । २०२० सम्म आउँदा फिल्मले ४५५ करोड कमाउन सफल भएको छ । फिल्म रिलिज भएको अहिले २७ वर्ष भएको छ । अहिले पनि यो फिल्मले दर्शक पाइरहेको छ ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण