इरानले साउदी अरबलाई किन भन्यो– ‘धैर्यता टुटे सिसाको महल चकनाचुर हुनेछ’

इरानको गुप्तचर मामिलाका मन्त्रीले साउदी अरबलाई चेतावनी दिँदै इरानको राजनीतिक धैर्यता यथावत् रहिरहने कुनै ग्यारेन्टी नभएको बताएका छन् । उनले धैर्यता टुटे सिसाको महल चकनाचुर हुने पनि बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मन्त्री इस्माइल खतिबले भने, ‘अहिलेसम्म इरानले दृढताका साथ रणनीतिक धैर्यता स्थापित गरेको छ । तर दुश्मनी बढिरहेका बेला यो धैर्यता समाप्त हुने छैन भनेर ग्यारेन्टी दिन सकिँदैन ।’
उनले भने– ‘यदि इरानले जवाफ दिन र सजाय दिने निर्णय गर्छ भने सिसाको महल चकनाचुर हुनेछ र यो देश कहिल्यै स्थिर हुन पाउनेछैन ।’
इरानमा महसा असिमनीको प्रहरी हिरासतमा मृत्यु भएपछि त्यहाँ हिजाबविरुद्ध हिंस्रक विरोध प्रदर्शन भइरहेका छन् । महसा अमिनीलाई हिजाब नलगाएका कारण पक्राउ गरिएको थियो । यो विरोध प्रदर्शनमा थुप्रैको ज्यान पनि गएको छ ।
इरानले अमेरिका र साउदी अरबलगायत आफ्ना शत्रु देशहरुलाई इरानमा विरोध भड्काएको आरोप लगाउँदै आएको छ । उनले देशलाई अस्थिर बनाउने प्रयासको जवाफ दिने चेतावनी दिएका छन् । इस्माइल खतिबले भने ‘म साउदी अरबलाई के भन्न चाहन्छु भने हाम्रो र यो क्षेत्रका अन्य देशको भाग्य एक–अर्कासँग जोडिएको छ किनभने हामी छिमेकी हौँ । इरानमा आएको अस्थिरता त्यहाँ मात्रै सिमित हुने छैन । यो इँेत्रका अन्य देशसम्म फैलिन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान
-
‘राधा’ फेरि रिलिज हुँदै
-
आईपीएल : ब्याटिङमा गिल चम्किए, सबैभन्दा बढी क्याच लिने रुतुराज
-
मलेसियामाथि नेपालको जित
-
नातावादको आरोप लागेपछि रुविले भनिन्, ‘प्रसिद्धीले मिहिनेतले उपाधि जितेकी हो’
-
भारत जाने मन्त्रीलाई ठाकुर गैह्रेको सुझाव–‘भारतीय संसद्को नक्साबाट लुम्बिनी हटाउन भन्नुहोला’