कविता : भगवान्को प्रश्न
कसैलाई नदिएको सगरमाथा तँलाई दिएँ
तिलिचो रारा फेवा फोक्सुन्डो तँलाई दिएँ
सप्तकोशी, कर्णाली, सप्तगण्डकी तँलाई दिएँ
मन्त्रमुग्ध बनाउने मनोरम दृश्य
हँसिला हिमालहरू
पारिला पहाडहरू
तरुण तराई
सबथोक मिलाएर तेरो भागमा दिएँ
शिव, सीता, विष्णु, बुद्ध पाएर पनि
केही गर्न नसक्ने मुर्ख तंै होइनस्
अझ उल्टै
आमाको चोली बेचेर खाने मुर्ख तैं होइनस्
आमाको फरिया बेचेर खाने मुर्ख तैँ होइनस्
सिंहदरबार, संसद भवन, शीतल निवास
अदालत, आयोग, अड्डाहरू
आफ्नै बाउको सम्पत्ति सोचेर
घुम्ने कुर्सीमा उपरखुट्टी हालेर
देशको गिदी चपाउने
भ्रष्ट पापी तैँ होइनस्
यो देश बनाउन जनताले के के गरेनन्
आन्दोलन, युद्ध, अनशन
अब के गर्न बाँकी छ ?
कैयौँ बुबाहरूले कलिला नानी बिर्से
यै देशको लागि मरे
कैयौँ छोराहरू बुढा बाआमा बिर्से
यै देशको लागि मरे
लड्दा लड्दा
देशको लागि मर्दा मर्दा
जनताको रगत सकियो
राज्यकोषको नगद सकियो
किन बनेन अझै
तेरो देश ?
रुकुम पश्चिम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
इन्द्रसरोवरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, १८ घाइते
-
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किएर दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण