कविताः मोडलको बाहुलीबाट घोषणा पत्र
शनिबार, २६ कात्तिक २०७९, ०९ : ३१
भर्खर बजारमा आएको रक्सीले
अपेक्षाकृत स्थान ओगट्न नसकेपछि
सुपर मोडलको गालामा टाँसेर
के विज्ञापन निकालेका थिए
एकाएक बिक्रीको ग्राफले
उकालो चढ्न थालेपछि
चर्चित भएको थियो रातारात त्यो रक्सी
यो चुनावको मौसम
सगरमाथामा केवलकार
लैजाने सम्मका योजनासहित
समाजवाद र अनि साम्यवादको ब्याख्या
उता नौलो जनवादको नौलो ब्याख्यासहित
घोषणा पत्र सार्वजनिक गर्दैछन्
उही सुपर मोडलको बाहुलीबाट
मख्ख छन् नौलो जनवादको
पछिपछि हिँडिरहेकाहरु
मख्ख छन् समाचार सम्प्रेषण गर्न पुगेकाहरु
मख्ख छन् मञ्चमा आसिन कमरेडहरु
यता भने नौलो जनवाद आफै
भौतारी रहेका छन् शिर लुकाउन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण