कविता : आफ्नै भोटको चोट
भ्रष्टहरु पनि आउनेछन्
ओठ कपाउने छन्
खुट्टा समाउनेछन्
अनि तपाईं हामीलाई मुर्ख बनाउनेछन्
भ्रष्टहरुलाई चाहिएको हामी होइन
हाम्रो भोट हो
भोटले लगाइ दिने कोट हो
अनि त्यही कोटले कमाउने नोट हो
उनीहरु पनि सदाचार फलाक्नेछन्
वर्षौसम्म देश लुट्नेहरु
लुट्नलाई सधैँ जुट्नेहरु
अनि स्वार्थ नमिल्दा फुट्नेहरु
गफ दिनेछन् नीति, योजना र सपनाका
प्रश्न गरौँ ती विकासबारे सपनामै जुन हराए
सोधौँ त कमिसनको घाँसमा कति भेडा चराए
अन्धकारमै बाँच्नुपर्छ है प्रश्न गर्न डराए
विवेकलाई बन्धकी राखेमा,
चेतनाको लिलाम गरेमा
भ्रष्टहरुलाई पटक पटक ढोग्नु पर्नेछ
नालायकहरुको बोझ सधैँभरि बोक्नु पर्नेछ
आफ्नै भोटको चोट पलपल भोग्नु पर्नेछ
नागरिक शक्तिको प्रयोग गर्ने समय
पहिचान गरौँ भोलिवादको
दीर्घ संक्रमणबाट ग्रस्तहरुको
हिसाब गरौँ अकर्मण्य नालायक र भ्रष्टहरुको
भरोसा गरौँ,
केवल सक्षम, कर्मठ र उद्देश्यमा प्रष्टहरुको
निर्लज्जहरु पलपलमा बदल्छन है भेष
भ्रमको प्रतिष्पर्धा, अनि दिशाहीनताको रेस
हामीलाई गोटी बनाइ खेल्न खोज्छन् चेस
जनताका सच्चा नायकहरुले मात्र हाँक्नुपर्छ है देश
हो, भ्रष्टहरु पनि आउनेछन्
ओठ कमाउनेछन्
खुट्टा समाउनेछन्
अनि तपाईं हामीलाई मुर्ख बनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण