काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु

काठमडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा नेपाली विज्ञहरूबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरूबाट १२ वटा कार्यपत्रहरू प्रस्तुत हुनेछ । उक्त सम्मेलनको नारा विकासोन्मुख मूलकहरूको लागि मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ । सम्मेलनबाट मृत्यु पश्चात् अंग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशीमा जस्तै मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र प्रत्यारोपणलाई सुचारु हुने विश्वास गरिएको छ ।
सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानिया तथा नेपालका प्रत्यारोपण विज्ञहरूको सहभागिता रहेको छ । उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने आयोजक कमिटीका अध्यक्ष तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले बताए ।
नेपाल सरकारको योजना अनुसार प्रत्यारोपण सेवालाई देशका ७ वटै प्रदेशमा विस्तार गर्ने र केन्द्रलाई प्रत्यारोपण सम्बन्धी विशेषज्ञ उत्पादन गर्ने विशेषज्ञ प्रतिष्ठनको रूपमा विकास गर्ने प्रस्ताव अगाडि बढाइएको छ ।एक दशकको अन्तरालमा केन्द्रमा उपचार गराउनेहरू मध्ये प्रत्यारोपण गर्नेहरू ९८ प्रतिशत र डाइलाइसिस गर्नेहरू ९६ प्रतिशत बाँच्न सफल भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा मन्त्री बन्न हानथाप, देउवालाई सन्तुलन मिलाउन सकस
-
एजेन्डा भुलेर सरकारमा जान तराई केन्द्रित दलको तँछाडमछाड
-
नेपाल एयरलाइन्स एक महिनामा दुईपटक ठोक्किनबाट जोगियो
-
आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
-
रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ : नेटो
-
विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा