भिटामिन सी औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन
बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ ।
Myvit-c (Ascorbic Acid) (Vitamin-C) IP500mg औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको थियो ।
विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘यम विभागबाट निम्न उत्पादक र ब्याच नं. का औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा देहायका औषधिहरूको न्यून गुणस्तर भएकोले उक्त ब्याच नं. का औषधिहरू औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण