यस्तो छ मिलनको आइटम गीत ‘अलि अलि पिएपछि’
मङ्गलबार, २९ कात्तिक २०७९, १० : ५२
आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ ।
शब्द तथा संगीत टेक पौरखी राईको रहेको गीतको भिडियोमा सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिम देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफी छ’ बोलको गीतसँगै ट्रेलर र पोस्टर सार्वजनिक गरेको थियो ।
प्रविन थापा निर्माता रहेको यो फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापान मगर लगायतका कलाकारको अभिनय छ । फिल्मको छायांकन काठमाडौं र कालिन्चोकमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण