शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईविरुद्ध नेपालको निर्णायक खेल आज

शुक्रबार, ०२ मङ्सिर २०७९, ०७ : १३
शुक्रबार, ०२ मङ्सिर २०७९

नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले निर्णायक सिरिजमा यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेल सिरिजको निर्णायक खेल हो । दुई टोलीबीचको सिरिज १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो । नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराएको छ । आजको खेलमा जित निकाल्दै घरेलु टोली नेपाल सिरिज आफ्नो बनाउने योजनामा छ । आजको सिरिज जितेमा नेपालले घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एकदिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २–० ले हारेको थियो ।

नेपाल र यूएईबीचको हालसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने यूएईले ५ खेल जितेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप