बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

परिजिता द भ्वाइसको शीर्ष १० मा

बुधबार, ०७ मङ्सिर २०७९, ०८ : ०६
बुधबार, ०७ मङ्सिर २०७९

परिजिता बास्तोला द भ्वाइसको शीर्ष १० स्थान भित्र पुग्न सफल भएकी छिन् ।  मंगलबार शीर्ष १० मा पर्ने प्रतियोगीहरूको नाम घोषणा गर्ने क्रममा उनी यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी हुन्  ।

शीर्ष १३ मा रहेका ३ जना प्रतियोगी बाहिरिएका छन् । गत सोमबार परिजिताले बेलायती गायिका अडेलको अल आई आस्क नामक गीत प्रस्तुत गरेकी थिइन्  । ​एकपछि अर्को चरणमा राम्रो प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरूले मत दिएको कारण उनी १० औ स्थान भित्र पर्न सफल भइन्  । गत सोमबार भर्जिनियाको स्यानटिली सहरमा उनलाई हौसला दिन र मतदान त्यही गर्न नेपाली समुदायहरू भेला भएका थिए  ।

मतदान नोभेम्बर २२ तारिख बिहान ७ बजे अमेरिकी पूर्वीय समय सम्म मतदानको समय रहेको थियो । परिजिता जोन लिजेन्डको टोलीमा छिन् । उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप