परिजिता द भ्वाइसको शीर्ष १० मा
परिजिता बास्तोला द भ्वाइसको शीर्ष १० स्थान भित्र पुग्न सफल भएकी छिन् । मंगलबार शीर्ष १० मा पर्ने प्रतियोगीहरूको नाम घोषणा गर्ने क्रममा उनी यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी हुन् ।
शीर्ष १३ मा रहेका ३ जना प्रतियोगी बाहिरिएका छन् । गत सोमबार परिजिताले बेलायती गायिका अडेलको अल आई आस्क नामक गीत प्रस्तुत गरेकी थिइन् । एकपछि अर्को चरणमा राम्रो प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरूले मत दिएको कारण उनी १० औ स्थान भित्र पर्न सफल भइन् । गत सोमबार भर्जिनियाको स्यानटिली सहरमा उनलाई हौसला दिन र मतदान त्यही गर्न नेपाली समुदायहरू भेला भएका थिए ।
मतदान नोभेम्बर २२ तारिख बिहान ७ बजे अमेरिकी पूर्वीय समय सम्म मतदानको समय रहेको थियो । परिजिता जोन लिजेन्डको टोलीमा छिन् । उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण