उपत्यकाको वातावरण बिहानको समयमा बढी हानिकारक !
काठमाडौं– मानव स्वास्थ्यका लागि काठमाडौं उपत्यकाको वातावरण अन्य समयमा भन्दा बिहान बढी हानिकारक भएको विज्ञहरुले जनाएका छन् ।
वातावरण विभागका उपमहानिर्देशक सफला श्रेष्ठले अन्य समयमा भन्दा बिहानी समयको वातावरण बढी प्रदूषणयुक्त र हानिकारक रहेको रातोपाटीलाई बताइन् ।
राती १० बजेपछि बिहान ५ बजेसम्म कम सवारी साधन चल्ने र प्रदूषणका कणहरु जम्ने हुँदा बिहानको समय स्वास्थ्यका लागि खतराजनक रहेको अध्ययनले देखाएको उनको भनाई छ ।
‘घाम लागेपछि विस्तारै प्रदूषण हावामा उड्ने गर्छ, यसकारण दिउँसोको समयमा काठमाडौ उपत्यकाको वातावरणले खासै असर गर्दैन’ उपनिर्देशक श्रेष्ठले भनिन् ।
अहिलेसम्म नेपालमा १२ स्थानमा प्रदूषण मापनयन्त्र राखिएको छ । निर्देशक श्रेष्ठकाअनुसार चिसो मौसममा बिहान र बेलुका प्रदूषण अन्य समय भन्दा धेरै हुने गर्छ । चिसोका कारण प्रदूषणका कणहरु धेरै जम्ने हुँदा हिँडडुल गर्ने व्यक्तिलाई स्वास–प्रस्वासमा असर गर्छ । बिहान हुस्सु, तुवालो र चिसोको कारण पोलुसन उड्न पाउँदैन ।
घाम लागेसँगै प्रदूषण हावाको वेगसँगै उड्ने भएकाले दिउँसो १ बजेको समयमा त्यो मात्रा कम हुन्छ । उपत्यकामा सवारीसाधनको धूवाबाट नै बढी प्रदूषण निस्कने श्रेष्ठको भनाई छ ।
यातायात विभाग, ट्राफिक प्रहरी, प्रधानमन्त्री कार्यालय र वातावरण विभागको सहकार्यमा सवारी साधनबाट निस्कने धूँवा नाप्ने काम भइरहेको छ । विभागले निकट भविष्यमै ४ वटा प्रदूषण मापन यन्त्र थप्ने जनाएको छ ।
मानव स्वास्थ्यका लागि २.५ धुलोको कण संवेदनशिल मानिन्छ । २४ घण्टाको हरेक समयमा उपत्यकाको वायुमण्डलमा पिएम २.५ को मात्रा धेरै बढी हुनेगर्छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डले पिएम २.५ को मात्रा २५ माइक्रोग्राम घनमिटरसम्म तोकेको छ । तर, नेपालको मापदण्डले भने ४० माईक्रोग्राम घनमिटरसम्म तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण