धनुषा–३ (२) मा एमालेका ठाकुर निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, १२ : २७
धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा एमालेका दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
ठाकुरले आठ हजार दुई सय २० मत पाउँदा साहले छ हजार आठ सय १७ मत मात्र पाए । जनमत पार्टीका रामबाबु साह कलवारले तीन हजार छ सय पाँच, तराई–मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले तीन हजार दुई सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले दुई हजार नौ सय ९८ मत प्राप्त गरेका थिए ।
यसअघि विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै