काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित
शनिबार, १० मङ्सिर २०७९, ०५ : ४७
काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन् ।
त्यसैगरी उनका प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो भए । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गरे । काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख
-
नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. नीलमको सङ्घर्ष : मेरा लागि नयाँ पद सिर्जना गरियो
-
वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए
-
मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री
-
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
-
फाइनलमा देखाएको अभद्र व्यवहारपछि युभेन्टसद्वारा म्यानेजर बर्खास्त