सप्तरीबाट प्रतिनिधिसभामा दुई कांग्रेस, एक–एक स्थानमा जनमत र जसपा
चार निर्वाचन क्षेत्र रहेको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले दुई, जनमत र जसपा पार्टीले एक/एक सिट जितेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २३ हजार चार सय ९१ मत प्राप्त गरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको निर्वाचन अधिकृत विश्वबन्धु पौडेलले जानकारी दिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । कांग्रेसका चौधरीले २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन राजपाका मृगेन्द्रसिंह यादवलाई पराजित गर्दै २४ हजार एक सय १३ मत प्राप्त गरी उनी विजयी भएका हुन्। यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसकै उमेदवार दिनेशकुमार यादव २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याएका हुन् । जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरी–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका जनमत पार्टीका अध्यक्ष डा.सिके राउत विजयी भएका छन् । जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरे ।
जसपा अध्यक्ष यादवको भन्दा राउतले १८ हजार ६३ मत बढी ल्याएर विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार नवलकिशोर साह सप्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । जसपाका साहले २३ हजार पाँच सय ६४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरे । सप्तरीमा आठवटा प्रदेशसभा सदस्य सिट रहेकोमा यसको पनि मतगणना सकिएको छ । अन्तिम मतपरिणामअनुसार प्रदेशसभा १ को (१) मा एमालेका राजकुमार लेखी र (२) मा जनमतका सकिल मियाँ, प्रदेशसभा २ को (१) मा जनमतका सतिशकुमार सिंह र (२) मा जनमतकै महेशप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
यस्तै प्रदेशसभा ३ को (१) मा कांग्रेसका मोहम्मद समिम र (२) मा जनमतका शम्भुकुमार साह तथा प्रदेशसभा ४ को (१) मा एकीकृत समाजवादीका गोविन्द न्यौपाने र २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धप्रसाद सिंह निर्वाचित भएका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं १ मा एक लाख १३ हजर नौ सय ९५ मतदाता रहेकोमा ७४ हजार ५५३ मत खसेको थियो । सप्तरी क्षेत्र नं २ मा भने ९५ हजार तीन सय ९४ मध्ये ६४ हजार दुई ७७ मत खसेको छ र सप्तरी क्षेत्र नं ३ मा एक लाख चार हजार आठ सय ९२ मतदाता रहे पनि ७१ हजार तीन सय ३१ मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै सप्तरी क्षेत्र नं ४ मा भने एक लाख चार हजार आठ सय ९३ मतदाता रहेको भए पनि यस क्षेत्रमा ६९ हजार ३९ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने