एम्बाप्पे चम्कँदा फ्रान्सको जित
शनिबार, १० मंसिर २०७९, २३ : ४७

केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।
स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । फ्रान्सका लागि खेलको ६१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा आन्द्रेस क्रिस्टेसनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।
जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ । फ्रान्स समूह डी को अंक तालिकाको शीर्ष स्थानमा छ । डेनमार्क भने दुई खेलबाट १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल
-
हवाई भाडा कम गर्न परिसंघको माग
-
भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने