केही दिनभित्र मेलम्चीको पानी काठमाडौंबासीका धारामा आइपुग्ने

काठमाडौंबासीले केही दिनपछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरेको छ । आजदेखि २६ किलोमिटर लामो सुरुङमा मेलम्ची नदीको पानी पठाउने काम सुरु भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले रातोपाटीलाई जानकारी दिए ।
अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने उनले बताए । प्रवक्ता पन्तले भने– ‘सुरुङ सफा गरेर पानी हाल्ने काम भएको छ । एकसाता भित्रमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्छ । त्यसपछि पानी प्रशोधन गरेर उपभोक्ताका घर घरमा पुग्नेछ । केहीदिन भित्रै उपभोक्ताको धारामा पानी पुग्नेछ ।’
बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको उनले बताए । एकसाता भित्रमा सुन्दरीजलमा पानी पुगेपछि प्रशोधन गरेर वितरण केन्द्रमा पठाइने उनले बताए । पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ ।
२०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो । गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौं पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको बन्द गरेर पानी पठाउन रोकिएको थियो । पुनः अस्थायी बाँध हालेर काठमाडौंमा पानी पठाउन थालिएको हो । अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउने मेलम्ची खानेपानी आयोजनाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
-
डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ
-
हिमालयन अन्तर्राष्ट्रिय अवार्ड : उत्कृष्ट ५ सार्वजनिक
-
इलाममा साहित्य महोत्सव हुने
-
अन्य मन्त्रीले मेरो जति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री खान
-
३५ प्रतिशतसम्म क्यासब्याक र विभिन्न उपहारसहित एलजीको नयाँ वर्ष अभियान जारी