दैनिक ८ गिलास पानी पिउन आवश्यक छैन : धेरैका लागि १.८ लिटर पानी पर्याप्त
दैनिक ८ गिलास पानी पिउनुपर्छ । थुप्रैै मानिसहरुबाट यस्तो खालको सल्लाह पाउनु सामान्य कुरा हो तर के साँच्चै हाम्रो शरीरलाई दैनिक यति पानी आवश्यकता पर्छ ? हालै २३ देशमा गरिएको एक अनुसन्धानले यो सल्लाह वैज्ञानिक दृष्टिकोणबाट सही नभएको खुलासा गरेको छ ।
खानाबाट आवश्यकता पूरा हुन्छ
कतिपयले दैनिक २ लिटरको सट्टा १.५ देखि १.८ लिटर पानी मात्र पिउनुपर्छ । शरीरको आधाभन्दा बढी पानीको आवश्यकता खाद्यवस्तु, चिया, कफी आदिबाट पूरा हुन्छ । यस्तो अवस्थामा दैनिक ८ गिलास पानी पिउनु पर्दैन ।
अनुसन्धानकर्ताहरूले यसका लागि ८ देखि ९६ वर्षसम्मका ५ हजारभन्दा बढी व्यक्तिमाथि वैज्ञानिक ढंगले अध्ययन गरेका थिए । यसको नतिजा साइन्स जर्नलमा प्रकाशित भएको छ । सबै मानिसमा पानीको आवश्यकता फरक–फरक हुन्छ भन्ने कुरा बाहिर आएको छ । मानिस बस्ने ठाउँ, मौसम, तापक्रम, उचाइ, आद्रता जस्ता कारकहरूले पानीको आवश्यकता निर्धारण गर्छ ।
खेलाडी–किसानलाई बढी चाहिन्छ
व्यक्तिगत स्तरमा, पानीको आवश्यकता व्यक्तिको काम, लिङ्ग, उमेर, तौल र फिटनेसबाट प्रभावित हुन्छ । २० देखि ३० वर्ष उमेर समूहका पुरुष, खेलाडी र शारीरिक श्रम गर्नेलाई बढी पानी चाहिन्छ । विकासोन्मुख देशहरूका कृषकहरूलाई औद्योगिक देशको तुलनामा बढी पानीको आवश्यकता हुन्छ ।
त्यसैगरी उच्च तापक्रम भएका देशहरूमा बस्ने मानिसहरूलाई पनि बढी पानी चाहिन्छ । गर्भवती र सुत्केरी महिलालाई पनि बढी पानी चाहिन्छ । यद्यपि धेरैले तिर्खा लाग्दा मात्रै पानी पिउने गर्छन् ।
धेरै पानी पिउनुमा कुनै हानि छैन, आवश्यकता बढ्नेछ
प्रोफेसर जोन स्पिकम्यानका अनुसार धेरै पानी पिउनुमा कुनै हानि छैन, तर बेलायतमा ४ करोड वयस्कले आवश्यकताभन्दा दैनिक आधा लिटर बढी पानी पिउने हो भने हरेक दिन २० करोड लिटर सफा पानीको आवश्यकता पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण