अजयको दृश्यम–२ ले कमायो २ सय करोड
सोमबार, १२ मंसिर २०७९, २१ : ०९

अजय देवगन स्टारर ‘दृश्यम–२ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औँ दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोड भारुको दमदार कलेक्सन गरेको छ । योसँगै दृश्यम २ कमाइका हिसाबले यो वर्षको पाँचौँ ठुलो हिन्दी फिल्म बनेको छ । ६० करोड भारुमा बनेको यो फिल्मको अहिलेसम्मको आँकडा निकै राम्रो मानिएको छ ।
दृश्यम २ ले घरेलु बक्स अफिसमा हालसम्म १६९ करोड भारुको ग्रस कलेक्सन गरिसकेको छ भने विदेशमा फिल्मले ३३ करोड कमाएपछि फिल्मको कुल आम्दानी २०३ करोड भारु पुगेको छ । रिलिज भएको १० दिनमै फिल्मको लागि यो व्यापार साँच्चै ठूलो मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसको ठक्करबाट स्याङ्जामा एक बृद्धको मृत्यु
-
पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
-
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी
-
दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?