एमाले अध्यक्ष ओलीको प्रश्न : घण्टी पार्टीलाई कसले हावा भर्यो ?
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको टिप्पणी गरेका छन् । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरे ।
उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’
उनले यसबारे थप टिप्पणी गर्ने पक्षमा आफू नरहेको समेत उल्लेख गरे । आम निर्वाचनबाट रवि लामिछाने नेतृत्वको सो पार्टी उदाएको छ । सो पार्टीले प्रतिनिधिसभामा ७ सिट जितेको छ भने समानुपातिकमा पनि उल्लेख्य मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण