शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाकाहारी पुरुषमा आन्द्राको क्यान्सरको जोखिम २२ प्रतिशत कम हुने अध्ययनको खुलासा

मङ्गलबार, १३ मङ्सिर २०७९, १६ : २३
मङ्गलबार, १३ मङ्सिर २०७९

शाकाहारी खानाले पुरुषहरुमा आन्द्राको क्यान्सरको जोखिम २० प्रतिशतले घटाउने एक अध्ययनले देखाएको छ । ७९,९५२ अमेरिकी पुरुषहरुमा अवलोकनमार्फत् गरिएको अध्ययनले सबैभन्दा धेरै मात्रामा शुद्ध वनस्पतिमा आधारित खाना खाने पुरुषमा आन्द्राको क्यान्सरको जोखिम २२ प्रतिशतले घट्ने देखाएको छ ।

अनुसन्धानदाताले महिलाहरुमा भने वनस्पति खानाले पेटको क्यान्सर घटेको पाएनन् । जबकि ९३,४७५ महिलालाई पनि निगरानीमा राखिएको थियो । सामान्यतया पुरुषहरुमा आन्द्राको क्यान्सरको जोखिम महिलाको तुलनामा बढि हुन्छ र उनीहरुमै वनस्पतिजन्य खानाले क्यान्सरको जोखिम कम भएको पाइयो ।

बीएमसी मेडिसिन नामक जर्नलमा प्रकाशित अध्ययनका सह–लेखक जिह्य किमका अनुसार आन्द्राको क्यान्सर विश्वमा तेस्रो सबैभन्दा धेरैलाई लाग्ने क्यान्सर हो । जीवनभर हरेक २३ मध्ये एक पुरुष र हरेक २५ मध्ये एक महिलालाई आन्द्राको क्यान्सर हुने सम्भावना हुन्छ । ‘ र हाम्रो अध्ययनले स्वस्थ्य खाना खाएमा आन्द्राको क्यान्सर घट्ने देखाएको छ ,’ दक्षिण कोरियास्थित क्युङ ही विश्वविद्यालयसँग आबद्ध जिह्य किमले भने ।

अध्ययनमा खानालाई स्वस्थ्य वनस्पतिजन्य खाना (अन्न, फलफूल, वनस्पति तेल, ओखर, चिया र कफी), न्युन स्वस्थ्यवद्र्धक वनस्पतिजन्य खाना (प्रशोधित अन्न, फलफूलका जुस, आलु र थपिएको चिनी हालिएको खाना) र मासुजन्य खाना (बोसो, डेरी, अण्डा, माछा अथवा सीफूड र मासु) मा विभाजित गरिएको छ ।

‘फलफूल, तरकारी र अन्नमा पाईने एन्टि–अक्सिडेन्टले क्यान्सर निम्त्याउन सक्ने निरन्तरको सुजनलाई घटाउनसक्ने भएकाले आन्द्राको क्यान्सर घटाएको हुनसक्छ ,’ किमले भने ।

अनुसन्धानदाताले अध्ययन अवलोकनमा आधारित भएकाले वनस्पतिजन्य खानाले पुरुषमा आन्द्राको क्यान्सर अनिवार्य घटाउँछ भनेर निष्कर्ष निकाल्न नहुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप