नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश
मंगलबार, १३ मंसिर २०७९, २२ : ५०

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो ।
अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्याए ।
नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो । नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो । यसै समूहको सेनेगलले ६ अंक जोड्यो । सेनेगल पनि प्रि–क्वाटरफाइनलमा प्रवेश गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा मन्त्री बन्न हानथाप, देउवालाई सन्तुलन मिलाउन सकस
-
एजेन्डा भुलेर सरकारमा जान तराई केन्द्रित दलको तँछाडमछाड
-
नेपाल एयरलाइन्स एक महिनामा दुईपटक ठोक्किनबाट जोगियो
-
आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
-
रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ : नेटो
-
विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा