चोरीको मोटरसाइकलसहित २ जना पक्राउ
विहीबार, १५ मंसिर २०७९, १८ : ४०

भक्तपुरको डोलेश्वरबाट चोरीको मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । बुधबार पक्राउ परेका उनीहरूलाई ट्राफिक प्रहरीले आवश्यक कारबाहीका लागी सम्बन्धित वृत्तहरूमा आज बुझाएको छ ।काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ३ घर भई हाल भक्तपुरको डोलेश्वर बस्ने लोप्साङ तामाङ र सोही स्थानका आदर्श लामालाई क्रमश: प्रहरी वृत सिंहदरबार र महाराजगन्ज बुझाइएको हो ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ बस्ने देवलाल थिङले थापाथली स्थित राष्ट्रिय वाणिज्य बैङ्क पछाडिबाट वास्तविक नम्बर बागमती प्रदेश ०२-०२० प ०१ ३१ नम्बरको मोटरसाइकल र काठमाडौँकै टोखा नगरपालिका ३ बस्ने सूर्यलाल डङ्गोलले टोखा त्वापचा स्थित पार्किङमा वास्तविक नम्बर बाग्मती प्रदेश ०२ -०२९ प २७ २१ नम्बरको मोटरसाइकल चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ : महामन्त्री थापा
-
रास्वपाको २ दिने अल्टिमेटम सकिँदै : प्रचण्ड पार्टीको बैठकमा, के होला परिणाम ?
-
समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी छ : मन्त्री भण्डारी
-
‘स्क्रिनिङ परीक्षण गरे १० वर्षपछि क्यान्सर लाग्ने नलाग्ने थाहा हुन्छ’
-
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने
-
विलाइसकेको बज्जीलाई वर्तमानमा खोज्ने प्रयास