नेपालका लागि बेलायती राजदूतद्वारा लुम्बिनी भ्रमण
बिहीबार, १५ मङ्सिर २०७९, १९ : १५
नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज लुम्बिनी भ्रमण गरेकी छन् । राजदूत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानु राजा शाक्यसहितको टोलीले स्वागत गरेका थिए ।
उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर, शान्ति दीपको अवलोकन गर्दै राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि जाने विषयमा सकारात्मक रहेको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए । विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको हो ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद् सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको समेत सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा