जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गरे ।
दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ । सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो ।
घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको सङ्ख्या बढेको जनाइएको छ । घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमन्त्रीले एक महिनाको तलब विद्यालयलाई दिने
-
तीन मिनेटको आइटम नम्बरको लागि २ करोड शुल्क
-
रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : उपाध्यक्ष शर्मा
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला
-
कोभिड र भूकम्पपछि मानसिक समस्या एकदमै बिकराल बनेको छ : डा.पाण्डे (अन्तर्वार्ता)
-
समयअगावै निर्वाचन गराउन पेरुका राष्ट्रपतिबाट भएको अनुरोध अस्वीकार