कविता : खै मेरो जनयुद्ध ?
एउटै ओछ्यानमा
१२/१५ जना योद्धाहरू
पालैपालो सेल्टर बसेर,
कटाएका ती साथहरु
सिरानीमुनि,
माओ र लेलिनका सङ्घर्षका
इतिहास च्यापेर
निदाएका ती रातहरु
मेरो मानस पटलमा
घुमिरहेछ आज
कुमालेको चक्रझैं
ढुङ्गै ढुङ्गाले भरिएको झोला,
सकि नसकि
थवाङ्गको उकाली
चढ्दाको त्यो पल,
आफ्नै अगाडि
दुश्मनको गोलीले,
ढलेका साथीहरुको,
शरीरबाट निस्केको
रगतको त्यो भल
म कसरी बिर्सिएर बसुँ आज
दिलबहादुर, सुरेशका सहादत
कृष्ण सेन, विपिनका हविगत
इतिहास साक्षी छ,
लिवाङ्जस्ता सयौं वस्तिहरु
खरानी भएर गए
१७ हजार यौद्धाहरु
आफन्त छाडेर गए
तर खै के का लागि ?
झुप्रा पोलिनेहरुको लागि ?
ओत छैन आज
सहिद हुनेहरुका लागि
सलामीको तोप छैन आज
मात्र, सिउँदो पुछियो,
कोख रित्तियो,
टुहुरा बने,
सहारा घटे,
यही नै हो त उपलब्धि ?
जनयुद्ध र साम्यवादका
भाषण गरेर नथाक्नेहरु
कोही लागे जबजतिर
कोही लागे समाजवादतिर
आगोको लप्का, बन्दुक नाल,
अनि बारुदको धुवासंग जुध्ने
यौद्धाहरुलाई पन्छाएर
कोही लागे परिवारवादतिर
अनि त आयो यो परिणाम ।
हिजो एउटा साथीले
सोध्यो मलाई–
खै तेरो जनयुद्ध ?
खै तेरो प्रचण्ड पथ ?
खै तेरो माओवाद ?
म लाचार भएँ
म निरीह भएँ
म शब्दबिहीन भएँ
आफूले आफैँलाई प्रश्न गरें
साँच्चै, साँच्चै
खै मेरो जनयुद्ध ?
खै मेरो माओवाद ?
के अब सक्किएको हो त ?
....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण