गोकुल बास्कोटाको घरमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारियो, तस्बिरहरू हेर्नुहोस्
आइतबार, १८ मङ्सिर २०७९, ०९ : ५५
नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डे रातोपाटीलाई जानकारी दिएका थिए । उनका अनुसार तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको थियो । यसअघि पनि बास्कोटाको निर्माणाधीन घरमा बस विस्फोट गराइएको थियो ।
घटनाको बेला बास्कोटाको घरमा उनकी श्रीमती र ठुलो छोरा मात्र घरमा थिए । छिमेकीले बेवारिसे अवस्थामा कुकर देखेपछि परिवारलाई खबर गरेका थिए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण