बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अन्तिम १६ : इंग्ल्याण्डले कायम राख्ला अफ्रिकी टोलीविरुद्धको रेकर्ड ?

आइतबार, १८ मङ्सिर २०७९, १२ : ३९
आइतबार, १८ मङ्सिर २०७९

विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनका लागि इंग्ल्याण्ड र सेनेगल आइतबार राति अल बायत स्टेडियममा आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार भने सो खेल सोमबार बिहान १२ः ४५ बजे सुरु हुनेछ । 
गेराथ साउथ गेटको टोली समूह बीको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्डले समूह चरणमा दुई खेलमा जीत र एक खेल बराबरी गरेको थियो । सेनेगलले भने दुई खेलमा जीत र एकमा हार बेहोरेको थियो ।

इतिहासलाई हेर्ने हो भने इंग्ल्याण्ड अफ्रिकी टोलीहरु विरुद्धका पछिल्ला २० खेलमा अपराजित रहेको छ । त्यसैले आजको खेलमा इंग्ल्याण्ड हाबी हुने अपेक्षा गरिएको छ । विश्वकप सुरु हुनअघि खराब फर्ममा रहेको इंग्ल्याण्ड अमेरिका विरुद्धको खेलबाहेक विश्वकपमा राम्रो फर्ममा देखिएको छ ।

उता इक्वेडरले बलियो मानिएको इक्वेडरलाई पछि पार्दै समूह उपविजेता बनेको हो । युरोपियन प्रतिद्वन्द्वीविरुद्ध अफ्रिकी टोलीको नकआउट चरणमा राम्रो इतिहास छैन । सेनेगलले स्वीडेनलाई हराउनु बाहेक अफ्रिकी टोलीले नकआउट चरणका ९ मध्ये ८ मा पराजयको सामना गर्नुपरेको छ । 

यसपटक साडियो मानेबिना पनि सेनेगल सशक्त देखिएको छ । यो टोलीले इंग्लाण्डलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप