शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध सेवन गरी सवारी साधन चलाउने ५ जनाको ५ दिन म्याद थप

आइतबार, १८ मङ्सिर २०७९, २० : ०२
आइतबार, १८ मङ्सिर २०७९

लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट शनिबार नियन्त्रणमा लिइएका ५ जना चालकविरुद्धमा आज लागुऔषध सेवनको कसुरमा दिन ५ (पाँच) म्याद थप गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर र, नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त टोलिले शेषमती पुल स्थित सडकमा सवारी साधन चेक तथा आवागमन व्यवस्थापन गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउदै गरेको अवस्थामा ५ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

जरङ्खुबाट शेषमतीतर्फ आउँदै गरेको बा ४८ प ६०२ नम्बरको स्कुटर, बा ९४ प ३१ ३३, बा ८५ प ४८ ५६ र बा ५२ प ६१ ३० नम्बरको मोटरसाइकलहरु रोकि चेक गर्दा क्रमश:- कपिलवस्तुको चन्द्रौटा नगरपालिका ६ घर भइ हाल काठमाण्डौ महानगरपालिका १६ बस्ने २२ वर्षीय दिपेश सुनुवार, नुवाकोटको पकनी गाँउपालिका ६ घर भइ काठमाण्डौ महानगरपालिका ६ बस्ने २३ वर्षीय रोशन तामाङ, काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ तार्केश्वर नगरपालिका ४ बस्ने ३१ वर्षीय प्रलाद लामा र स्याङ्जाको दरौ गाँउपालिका ७ घर भइ काठमाण्डौ महानगरपालिका १६ बस्ने २९ वर्षीय मोहन वि.क. र सिन्धुलीको गौरीबास घर भइ तार्केश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय अमित थापा मगरलाई टि.एच.सि(टेट्राहाईड्रोक्यानाबिनोल)किटको प्रयोग गरी उनिहरुको पिसाव चेक गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त बालाजुमा बुझाइएकोमा उनिहरु उपर लागुऔषध सेवन विरुद्धको कसुरमा आज दिन ५ (पाँच) म्याद थप भएको छ । ट्राफिक प्रहरीले गत साउन ९ गतेबाट सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप