शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु

सोमबार, १९ मङ्सिर २०७९, १२ : ४०
सोमबार, १९ मङ्सिर २०७९

रुपन्देहीको सैनामैना नगरपालिका- २ रिङरोडमा आइतबार  ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका प्रहरीले जनाएको छ । 

उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको  ट्याक्टरबाट खसेका थारूलाई सोही  ट्रयाक्टरको पछाडिको चक्काले किचेको थियो ।  ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले  जनाएको छ । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप