जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा
सोमबार, १९ मंसिर २०७९, १३ : ०९

जिल्ला प्रहरी कार्यालय जुम्लाले जडिबुटी बोकेर आउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। डोल्पा जिल्लाबाट जुम्लातर्फ आउँदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टरमा नियन्त्रण लिइएको हो । मंसिर १८ गते बेलुका ७ बजेर ५० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ट्रयाक्टरमा सुनपाती नामक २० बोरा जडिबुटी रहेको प्रहरीले जनाएको छ ।
गुठीचौर गाउँपालिका– १ अस्थायी प्रहरी पोष्ट चौत्राबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको हो। जडिबुटीको छुट पुर्जी नभेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । आवश्यक कारबाहीका लागि ट्रयाक्टर चालक र जडिबुटी डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन
-
टर्कीका भूकम्प पीडितका लागि संकलित राहत सामाग्री जजिरा र टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने
-
मादी गाउँपालिका केन्द्र हेरफेरविरुद्धको रिट खारेज
-
माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’