विदेशमा आकर्षक तलब पाइने लोभमा पर्दा...

विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेको छ । पोर्चुगल पठाइदिने नाममा रु २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीबाट चार व्यक्ति ठगिएका छन् ।
झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले यसरी विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । घिमिरेले उमेश अधिकारीसमेत गरी चार जनालाई वर्किङ भिषामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । आचार्यले पोर्चुगल जान रु १२ लाख लाग्ने बताएर ठगी गरेको खुलेको छ ।
यसरी पोर्चुगल गएपछि मासिक रु एक लाख कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट रु २७ लाख असुलेको खुलेको छ । आचार्यलाई थप कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाइएको छ ।
प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भइ काठमाडौँको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ । उनीमाथि रु चार लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : कसको कति ?
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग
-
विष्णु पौडेलको दावी : गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो
-
दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
-
कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र तत्काल नबाहिरिने
-
गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय