१४ हजार पठाउँदा तामाङले पाए १० लाख उपहार
बुधबार, २१ मंसिर २०७९, २० : ०७

आईएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ बन्न सफल भएका हुन् । मलेसियाबाट आईएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरे ।
बुधबार काठमाडौँ पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आईएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्धतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना घाइते
-
नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने
-
रियालिटी शो ‘दोहोरी आइडल’ प्रसारणमा आउने
-
मन्त्रालय भागवण्डाका विषयमा प्रचण्डसहित देउवा र खड्काबीच छलफल
-
‘नाइँ नभन्नू ल’ का अनुभवले पनि दिँदैछन् एसईई
-
एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल