बीमा प्राधिकरणले माग्यो कर्मचारी
शुक्रबार, २३ मंसिर २०७९, ०७ : ३८

नेपाल बीमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।
अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ । कर्मचारी सेवा सर्त विनियमावली २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम् योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ ।
योग्यता पुगेका उमेदवारहरूले पुस २४ गतेसम्म आवेदन दिनसक्ने छन् । दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमन्त्रीले एक महिनाको तलब विद्यालयलाई दिने
-
तीन मिनेटको आइटम नम्बरको लागि २ करोड शुल्क
-
रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : उपाध्यक्ष शर्मा
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला
-
कोभिड र भूकम्पपछि मानसिक समस्या एकदमै बिकराल बनेको छ : डा.पाण्डे (अन्तर्वार्ता)
-
समयअगावै निर्वाचन गराउन पेरुका राष्ट्रपतिबाट भएको अनुरोध अस्वीकार