फ्राईडे रिलिज : ‘डेसान’ भर्सेस ‘द सोल अफ कमाण्डो’
आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् – ‘डेसान’ र ‘द सोल अफ कमाण्डो’ । दुवै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै एकसाथ प्रदर्शनमा आएका हुन् । एक अर्काेसँग प्रतिस्पर्धाका लागि उत्रिएको दुबै फिल्म कमजोर प्रचार प्रसारका साथ प्रदर्शनमा आएको हो । तर पनि फिल्मले राम्रो ब्यवसाय गर्ने अपेक्षा निर्माण युनिटले गरेको छ ।
‘डेसान’ :
कमल एक्चै मगर निर्देशित फिल्म ‘डेसान’ पारिवारिक प्रेमकथामा बनेको फिल्म हो । निशान चौहान, पुनम थापा, भोला सापकोटा, नम्रता सापकोटा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगर लगायतको अभिनय रहेको फिल्म पर्फमिङ आर्ट कृयसनको ब्यानरमा कृशाला मगरले बनाएकी हुन् ।
चक्रबहादुर महर्जनको छायांकन, हरि लम्सालको संगीत, अजय स्याङतेनको कोरियोग्राफी रहेको फिल्मको वितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।
‘सोल अफ द कमाण्डो’ :
अभिनेता राजकुमार राई २४ बर्षपछि पुन फिल्मको पर्दामा देखिने फिल्म ‘सोल अफ द कमाण्डो’ एक्सने भरिएको फिल्म हो । फिल्ममा राईसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राई लगायतको अभिनय छ ।
युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् । राईको परिचय अभिनेताको रुपमा मात्र सीमित छैनन् । उनी तेक्वान्दो खेलाडी हुन् । अवकाश प्राप्त ब्रिटिस आर्मी पनि हुन् । उनले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक र सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका थिए । उनले अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पदक जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण