रियाद शिखर सम्मेलन : प्यालेस्टाइन, इस्लामोफोबिया र चरमपन्थबारे साउदी र चीनले के भने ?

रियादमा भएको अरब– चीन शिखर सम्मेलनमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले अरब राष्ट्र र चीनबीच साझेदारीको नयाँ चरण सुरु हुन लागेको बताएका छन्। युवराजले अरब नेता तथा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भने, ‘हामी अन्तर्राष्ट्रिय स्थायित्वका लागि चीनसँगको सहकार्य बढाउने काम गरिरहेका छौँ।’
चिनियाँ राष्ट्रपति सी जिनपिङले शिखर सम्मेलनले ‘उज्ज्वल भविष्यतर्फ डोर्‍याउने’ बताएका छन् । उनले चीन(अरब पारस्परिक हितको ‘व्यापक सहयोग’ को चर्चासमेत गरे। अरब राष्ट्र र चीनबीचको यो भेटपछि दुवै पक्षले संयुक्त वक्तव्य पनि जारी गरेका छन् ।
राष्ट्रपति सीले यस क्षेत्रको स्थायित्व कायम गर्नुपर्ने महत्त्व दोहोर्‍याए। उनले चीनले यस क्षेत्रका महत्त्वपूर्ण मामिलाहरूमा ‘राजनीतिक समाधान‘ सम्म पुग्न अरब राष्ट्रहरूको प्रयासहरूलाई समर्थन गर्ने बताए। सीले इस्लामोफोबिया र चरमपन्थलाई दृढताका साथ सामना गर्नुपर्ने र आतङ्कवादलाई कुनै विशेष धर्मसँग जोड्न नहुने पनि बताए।
यसबाहेक अरब देशहरूले प्यालेष्टाइन मध्यपूर्वको मुख्य मुद्दा हो र रहिरहने पनि जोड दिएका छन्। जसमा प्यालेस्टाइनलाई इजरायली कब्जाबाट बाहिर निकाल्न दुवै देश (इजरायल र प्यालेष्टाइन) बाट राम्रो र दिगो समाधान खोज्नुपर्ने र यो समाधान संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार हुनुपर्नेमा जोड दिइएको थियो । सीले प्यालेस्टाइनी जनताले भोगेको ऐतिहासिक अन्यायलाई ‘अझ अगाडि बढ्न दिन नहुने’ बताए। प्यालेस्टिनी राज्यको स्थापनालाई चीनले समर्थन गरेको छ। बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
-
साफ यू–२० फाइनल : नेपालविरुद्ध बंगलादेशलाई पहिलो हाफमा २–० गोलको अग्रता
-
विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले बुझाए राजीनामा
-
सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने संकेत, माओवादी सकारात्मक
-
नियमावली मस्यौदा समिति : भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था
-
प्रधानमन्त्री प्रचण्डको कुर्सीमा मदनकृष्ण श्रेष्ठ !