शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तारेर वा भुटेर होइन उसिनेर खानुहोस् बदाम, स्वास्थ्यलाई मिल्छ पाँच उत्कृष्ट फाइदा

आइतबार, २५ मङ्सिर २०७९, १२ : २४
आइतबार, २५ मङ्सिर २०७९

बदाम लगभग सबैलाई खान मनपर्छ । चिसो मौसममा बदाम खानुको मज्जा बेग्लै छ । तपाईंले भुटेको वा तारेको बदाम खानुभएको हुनुपर्छ । तर, के तपाईंले कहिल्यै उसिनेको बदाम खानुभएको छ ? उसिनेको बदाम खान स्वादिलो ​​मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसमा प्रोटिन, प्राकृतिक चिनी, आइरन, फोलेट, क्याल्सियम र जिंक जस्ता पोषक तत्व पाइन्छ । अमेरिकन केमिकल सोसाइटीको अनुसन्धानका अनुसार बदामलाई उसिनेर खाँदा यसमा रहेको पोषक तत्वको फाइदा ४ गुणाले बढ्छ । तपाईंले उसिनेको बदामलाई खाजाको रूपमा खान सक्नुहुन्छ वा बिहानको खाजामा यसलाई समावेश गर्न सक्नुहुन्छ । उसिनेको बदामले स्वास्थ्यलाई धेरै फाइदा दिन्छ । यसले शरीरलाई पोषक तत्वहरू उपलब्ध गराउँछ र ऊर्जा प्रदान गर्छ ।

उसिनेको बदाम खानुका फाइदा

तौल घटाउन सहयोगी

उसिनेको बदाम खाँदा तौल घटाउन मद्दत गर्छ । वास्तवमा, उसिनेको बदाममा धेरै फाइबर हुन्छ । यसले मेटाबोलिजमलाई बढाउँछ र शरीरमा जम्मा भएको अतिरिक्त बोसोलाई कम गर्छ । यसका साथै उसिनेको बदाम खाँदा आन्द्रा सफा हुन्छ ।

जोर्नी दुखाइमा राहत

उसिनेको बदामलाई गुडसँग खाँदा जोर्नी दुखाईमा पनि राहत दिन्छ । बदाम र गुडमा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउँछ । बदामलाई उसिनेर खाँदा जोर्नी र हड्डीको दुखाई हट्छ । अर्थराइटिसका बिरामीका लागि उसिनेको बदामको सेवन निकै फाइदाजनक हुन्छ ।

आँखाको ज्योति बढाउँछ

उसिनेको बदाम खानु हाम्रो आँखाका लागि पनि फाइदाजनक हुन्छ । उसिनेको बदाम खाँदा आँखाको ज्योति बढ्छ । वास्तवमा, बदाममा भिटामिन ए र भिटामिन बी सिक्स हुन्छ, जुन आँखाको स्वास्थ्यका लागि आवश्यक हुन्छ । जाडोमा बिहान उसिनेको बदाम खानुहोस्, यसले आँखा स्वस्थ राख्छ ।

मुटु स्वस्थ राख्छ

उसिनेको बदामको सेवन हाम्रो मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । बदाम उसिनेपछि यसमा एन्टिअक्सिडेन्टको मात्रा बढ्छ । उसिनेको बदाममा पोलिफेनोलिक एन्टिअक्सिडेन्ट र रेभेराट्रोल हुन्छ, जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । उसिनेको बदाम खाँदा शरीरमा नाइट्रिक अक्साइड बढी उत्पादन हुन्छ, जसले हृदयाघात र मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ ।

शरीरमा रगतको कमी हुँदैन

उसिनेको बदाम खाँदा रक्तअल्पत्ताको समस्या हट्छ । वास्तवमा बदाममा आइरन प्रचुर मात्रामा पाइन्छ जसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउँछ । बदामलाई उसिनेर खाँदा शरीरमा रगतको कमी हुँदैन । यसका साथै, बदाममा भएका पोषक तत्वले शरीरले ऊर्जा प्रदान गर्छ । यसले व्यक्तिलाई दिनभर ऊर्जावान् राख्न मद्दत गर्छ ।

उसिनेको बदाम खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर यदि तपाईंलाई बदामसँग एलर्जी छ वा तपाईं कुनै स्वास्थ्य समस्यासँग जुधिरहनुभएको छ भने यसको सेवन गर्नु अघि डाक्टरको सल्लाह लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप