शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिसलाई सही दिशा दिन आवश्यक : आफ्नो क्रोधलाई व्यवस्थापन गर्न विश्वका शीर्ष नेताबाट सिक्नुहोस्

आइतबार, २५ मङ्सिर २०७९, १४ : ५१
आइतबार, २५ मङ्सिर २०७९

परम्परागत ज्ञान अनुसार क्रोधलाई खराब मानिन्छ । तर हेनरी इभान्स र कम फोस्टरको अनुसन्धान अनुसार, स्टेप अपः लीड इन सिक्स मोमेन्ट्स द्याट म्याटरका लेखकहरू, उच्च प्रदर्शन गर्नेहरू रिस लगायतका हरेक भावनाहरूमा उच्च हुन्छन् । तब मात्र सफलता आउँछ र तपाईं आफ्नो लक्ष्यमा पुग्नुहुन्छ । सफल व्यक्तिहरूले आफ्नो रिसलाई सही दिशामा दिन्छन् । यसैले उनीहरु बढी केन्द्रित, निश्चयात्मक हुन्छन् र बलियो हुन्छन् । सफल व्यक्तिहरूले आफ्नो हाई–इमोशनल आइक्यूको दममा आफ्नो क्रोधलाई नियन्त्रण गर्छन् ।

विश्वका शीर्ष नेताहरु के– के गर्छन्, आउनुहोस्, यसबारे जानकारी लिऔँ

आफ्नो दिमागमा...

१. उनीहरु विश्वास गर्छन् कि रिस प्राकृतिक हो, स्वस्थ हो –

जब तपाईं रिसलाई आवश्यक भावनाको रूपमा देख्नुहुन्छ, तपाईं योबाट डराउन छोड्नुहुन्छ । जब तपाईं यसबाट डराउन छोड्नुहुन्छ, तपाईं यसका फाइदाहरू देख्न सक्नुहुन्छ । जब तपाईं रिसलाई नियन्त्रणमा राख्नुहुन्छ, तपाईं यसलाई अझ शान्त र अधिक सावधानीपूर्वक व्यक्त गर्नुहुन्छ ।

२. अरुमा होइन, आफैँमा केन्द्रीत हुनुहोस्

अक्सर मानिसहरू रिसाएको बेला अरूलाई सम्बोधन गर्छन् । ‘तिमीले गर्दा म ढिलो भएँ,’ वा ‘तिमीले अहिलेसम्म रिपोर्ट दिएको छैनौँ ।’ यस प्रकारको सम्बोधनले मानिसहरू आफ्नो रक्षा गर्न थाल्छन् । जबकी आफूलाई सम्बोधन गरेर बोल्दा मान्छे काममा अगाडि आउँछन्, सहानुभूति देखाउँछन् । यसरी समस्याको समाधान खोज्न सजिलो हुन्छ । यसरी सम्बोधन गर्नुहोस् – ‘मलाई ढिला हुन मनपर्दैन ।’ वा ‘मलाई यो रिपोर्ट छिटो चाहिएको छ, के म तपाईंलाई मद्दत गर्न सक्छु ?’

३.  नकारात्मक कुराबाट जोगिनुहोस्

आत्म-आलोचनात्मक हुनु राम्रो हो, तर जब नेगेटिभ सेल्फ टकले तपाईंलाई अघि बढ्न दिइरहेको छैन वा तपाईंको नीजि, व्यावसायिक र भावनात्मक विकासमा बाधा बनिरहेको छ भने तपाईंले यस्तो गर्नुपर्ने हुन्छ । आफ्नो कमी कमजोरीको कुरा गर्दा सुधार गर्ने कुरा पनि गर्नुहोस्  । कमी  कमजोरी बारे मात्र नसोच्नुस् नत्र तपाईं डिप्रेशन वा उदासीको सिकार बन्नुहुनेछ । सधैं आफ्नो बारेमा सकारात्मक रहनुहोस् ।

काममा...

१. समस्यामा केन्द्रित हुनुहोस्, व्यक्तिमा होइन

दुर्घटनाहरू र गल्तीहरू दिनहुँ हुन्छन् । यस्तो अवस्थामा अरूलाई दोष दिन वा उनीहरूसँग रिसाउनु निकै सजिलो छ तर यसबाट समस्याको हल निस्कँदैन । मानिसहरुलाई दोष दिएर आफ्नो समय व्यर्थ नफाल्नुहोस् ।

२. कसैप्रति दुर्भावना नराख्नुहोस् –

कसैको प्रति ईर्ष्या वा दुर्भावना राख्दा कहिले पनि केही प्राप्त हुन सक्दैन । बरु तपाईंको ऊर्जा कम हुन्छ । यसले तपाईं भित्र नकारात्मकता भरिने गर्छ र तपाईं विश्वलाई पनि नकारात्मक दृष्टिकोणले हेर्न थाल्नुहुन्छ । सफल व्यक्तिहरु माफी दिन्छन् र अघि बढ्छन् ।

३. रिसमा कहिल्यै इमेल पठाउँदैनन् –

तपाईं काममा मानिसहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ त्यसले पनि तपाईंको भविष्य धेरै हदसम्म तय गर्नेछ । इमेल मानिसहरूलाई जडान गर्ने स्थायी रेकर्ड हो । यदि तपाईं रिसाउनु भएको छ भने इमेलमा सन्देश कहिल्यै नपठाउनुहोस् । यदि तपाईंलाई रिस उठेको छ र केहि लेख्न चाहनुहुन्छ भने, खाली मेलमा लेख्नुहोस् र त्यसपछि मेटाउनुहोस् ।

घरमा ...

४. ध्यान गर्न समय दिनुहोस्

ध्यानले तपाईंलाई तनाव र चिन्ताबाट धेरै हदसम्म टाढा राख्छ । तनावको समयमा निस्कने हर्मोनलाई ध्यानले मात्र नियन्त्रण गर्छ । ध्यान गर्दा शरीरमा फिल गुड हर्मोन उत्पन्न हुन्छ । यसले तपार्इंका भावनाहरूलाई नियन्त्रणमा राख्छ र तपार्इंलाई तपार्इंका भावनाहरू बारे थप सचेत बनाउँछ ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स भन्छन्, ‘रिसलाई व्यवस्थापन गर्न हरेक मानिसले सिक्नुपर्छ । यसलाई जीवनको एउटा निकै आवश्यक कौशल मान्नुहोस् । एक परिवक्व व्यक्तिमा परिणत हुनका लागि यो आवश्यक छ ।’

गुगलका सीईओ सुन्दर पिचाई भन्छन्, ‘प्रतिक्रिया सधैँ तुरुन्त हुन्छ जबकी जवाफ सधैँ सोचेर गरिन्छ । रिसमा, बेचैन हुँदा वा उदासीमा कहिल्यै केही निर्णय लिनु हुँदैन । ‘रियाक्टिभ’ होइन ‘रेस्पोन्सिभ’ बन्ने कोसिस गर्नुहोस् । तपाईंले यदि जीवनमा यो बुझ्नुभयो भने तपाईंले सबै बुझ्नुहुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप