शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिहान खाली पेटमा मह र किसमिस खानुका ५ अचम्मका फाइदाहरू

मङ्गलबार, २७ मङ्सिर २०७९, ०८ : ५०
मङ्गलबार, २७ मङ्सिर २०७९

धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन् । विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । बिहान खाइने ड्राई फ्रुटमध्ये सबैभन्दा सामान्य किसमिस हो । बिहान खाली पेटमा यसको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर के तपाईलाई थाहा छ, किसमिसलाई महमा मिसाएर बिहान सेवन गर्दा यो मिश्रणले अचम्मको स्वास्थ्य लाभ दिन्छ ? भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार मह र किशमिश दुबै उत्कृष्ट सुपरफुड हुन्, जसमा शरीरका लागि आवश्यक पोषण हुन्छ र यसमा प्रशस्त मात्रामा औषधीय गुण पनि पाइन्छ । बिहान खाली पेटमा यसको सेवन गर्नाले धेरै स्वास्थ्य लाभहरू पाउन सकिन्छ । यसबारे जानकारी लिऔँ ।

किसमिसमा प्रोटिन, आइरन, भिटामिन बी, म्यांगनीज, पोटासियम र डाइटरी फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ, महको कुरा गर्दा यो पौष्टिक र औषधीय गुणको पावरहाउस हो । यसमा नियासिन र रिबोफ्लेभिन, एस्कर्बिक एसिड, प्यान्टोथेनिक एसिड प्रचुर मात्रामा पाइन्छ । यसका साथै यसमा शरीरका लागि आवश्यक पोषक तत्व जस्तै आइरन, म्याग्नेसियम, पोटासियम, जिंक, क्याल्सियम, आइरन, म्यांगनीज, फस्फोरस आदि प्रशस्त मात्रामा पाइन्छ । यसका अलावा महमा एन्टी इन्फ्लेमेटरी, एन्टि भाइरल, एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टि–ब्याक्टेरियल जस्ता गुणहरु पनि पाइन्छ । किशमिश र मह एकसाथ सेवन गर्दा यसले शरीरमा भएको पौष्टिक तत्वको कमीलाई हटाउन मात्रै नभई धेरै स्वास्थ्य लाभहरू प्रदान गर्नुका साथै धेरै गम्भीर रोगको जोखिमलाई पनि कम गर्न मद्दत गर्छ ।

१. रक्तअल्पत्ता रोक्छ

दुबैमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले गर्दा यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन र रातो रक्त कोशिकाहरूको निर्माणमा मद्दत गर्दछ । यो रक्तअल्पत्ता रोगीहरुका लागी एक महान संयोजन साबित हुन सक्छ ।

२. पेट स्वस्थ राख्छ

किसमिसमा प्रशस्त मात्रामा डायटरी फाइबर हुन्छ, जबकि महले सूजनसँग लड्न मद्दत गर्दछ । यसले तपाईंलाई बिहान बावेल मुभमेन्टलाई सहज बनाउनका साथै पेटसम्बन्धी समस्याहरूबाट बच्न मद्दत गर्छ । यो पेट फुल्ने, कब्जियत, अपच र अन्य पेट सम्बन्धित समस्याहरूको लागि रामबाण उपाय हो । यसले तपाईंको मेटाबोलिजम पनि बढाउँछ ।

३. हृदय रोगको जोखिम कम गर्छ

यो मिश्रण बिहान खाली पेटमा नियमित खाँदा कोलेस्ट्रोल कम रहन्छ । साथै, म्याग्नेसियम, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले रक्तचाप नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यी दुवै हृदय रोगको लागि महत्त्वपूर्ण जोखिम कारक हुन् । यसले मुटुको स्वास्थ्यलाई बढावा दिन र हृदयाघात र स्ट्रोक आदिको जोखिम कम गर्न मद्दत गर्दछ ।

४. हड्डी र दाँत बलियो बनाउँछ

क्याल्सियम र अन्य औषधीय गुणहरूले भरिपूर्ण भएकोले, यो तपाईंको मुखको स्वास्थ्यको लागि पनि धेरै लाभदायक छ । यसले मुखमा हुने हानिकारक ब्याक्टेरियालाई मार्छ र दाँतलाई बलियो बनाउँछ । हड्डी बलियो बनाउनुका साथै यसले जोर्नी दुख्ने र भाँचिने खतरा पनि कम गर्छ ।

५. शारीरिक कमजोरी हटाउँछ

यसले दिनभरको थकान, कमजोरी र आलस्यको समस्यालाई हटाएर ऊर्जावान बनाउँछ । साथै शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसको नियमित सेवनले तपाईंको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ र तपाईंलाई भाइरल समस्याबाट पनि सुरक्षित राख्छ ।

ओन्ली माई हेल्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप