त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू
महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन शुरू गरेको छ। त्रिवि प्राध्यापक संघले कार्यविधि बनाउनुपर्ने माग राखेपछि कार्यविधि बनाउन लागिएको हो ।
दशैंलगत्तै अनिवार्य गरेको विद्युतीय हाजिर प्रभावकारी भएपछि त्यसलाई व्यवस्थित र थप कडाई गर्न कार्यविधि बनाउन लागेको त्रिविले जनाएको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै निर्देशनालय, विभाग,
महाशाखा, प्राध्यापक, सहप्रध्यापक, उपप्राध्यापकलगायत सबै कर्मचारीलाई अनिवार्य हाजिरको व्यवस्था गरेको जानकारी दिए।
उनले भने, 'विद्युतीय हाजिर शुरू भइसकेको छ । अब केही महिनाभित्र कार्यविधि बनाएर सोहीअनुसार व्यवस्थित गर्नेछौं।' उनले त्रिविलाई प्रविधिमैत्री बनाउन सबै कर्मचारी र शिक्षकले अनिवार्य रूपमा विद्युतीय हाजिर गर्नुपर्ने व्यवस्था गरेको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण