कविता : म पुरुष
हो म पुरुष हुँ
मेरो शरीर फलामले बनेको छ
मन पत्थरले
म थाक्दिन
थाक्न पनि पाउँदिन
शरीर फतक्कै गलोस्
सास बढेर घाँटीसम्म आओस्
मैले सासलाई घाँटीमै रोक्नु पर्छ
शिथिल शरीर लतारिनु पर्छ
नत्र यो समाजले
मलाई एक थान नाम भिराउने छ
हुतिहारा
किनकि
म पुरुष हुँ ।
न मैले रुने ठाउँ पाउँछु
न त मनको बह पोख्ने चौतारी भेट्छु
मेरा पीडाका गीत गाइँदैनन्
वेदनाका कविता पनि कोरिदैनन्
खोपिन्छन् त हत्केलामा
ठेलाका डोबहरु
कोरिन्छन् त थाप्लामा
नाम्लाका यादहरु
न इतिहास बन्छन्, ती संघर्षका
न त कथा बन्छन्, विवशताका
मलाई खहरेको भेल हुने छुट कहाँ छ र ?
वर्षामा उर्लिएर नदी रोक्ने
म त त्यो अविरल बग्ने नदी हुनुपर्छ
पीडा र ठक्करले
नआत्तिने, न बहकिने
किनकि
म पुरुष हुँ ।
कानुनका ठुला ठुला ठेलीले मलाई देख्दैन
न्यायालयको ढोकाले मलाई चिन्दैन
न त अखवारमा मेरो समाचार बिक्छ
न त माइतीघर मण्डलाले मेरो नारा बोल्छ
यो समाजले
मेरो पनि मन छ भन्ने कुरा बुझेन
मन सबैको दुख्छ भन्ने कुरा पनि बुझेन
तिमी दह्रो हुनुपर्छ मात्रै भन्यो
तर अधिक रापले ढुङ्गा पनि फुट्छ भन्ने बुझेन
म भित्रभित्रै चर्किएको छु
तर बाहिर सग्लै देखिन्छु
हो म पुरुष हुँ
मेरो शरीर फलामले बनेको छ
मन पत्थरले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण