५१ औं दिन मनाउने यो वर्षको दोस्रो फिल्म बन्यो ‘महापुरुष’

फिल्म ‘महापुरुष’ यस वर्ष ५१ औं दिन मनाउने दोस्रो फिल्म भएको छ । गत कात्तिकबाट प्रदर्शनमा आएको फिल्मले शनिबारबाट ५१ औं दिन मनाएको हो । निर्माण युनिटले शनिबार एक कार्यक्रम गर्दै फिल्मको ५१ औं दिनको खुसी समेत सबैमाझ साटेको छ ।
प्रदर्शनको तीन हप्ता आक्रामक व्यापार गरेको फिल्मले मलटीप्लेक्सहरु क्यूएफएक्स चेन, एफक्यूब, वान सिनेमाज, बिग मुभिज, आइएनआई सिनेमाज, पोखरा सिनेप्लेक्ससहित काठमाडौं र मोफसलका केही सिंगल थिएटरमा प्रदर्शनको ५१ औं दिन मनाएको निर्माण युनिटले जनाएको छ । यो वर्ष यस अगाडि फिल्म ‘कबड्डी ४’ ले सफलताको ५१ औं दिन मनाएका थियो ।
‘महापुरुष’ प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । ५१ औं दिन मनाउने उनी निर्देशित यो चौंथो फिल्म हो । यसअघि उनको ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ ले पनि प्रदर्शनको ५१ औं दिन मनाएको थियो । एकल पिताले आफ्नो सन्तानका लागि गर्ने त्याग र समर्पणमा आधारित फिल्म ‘महापुरुष’ बलियो माउथ पब्लिसिटीका कारण ब्यवसाय गर्न सफल भएकोे हो ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेश पौड्याल, नरेन्द्र कंसाकार लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय