गगन थापालाई इतरपक्षको साझा उम्मेदवार बनाउने तयारी
मङ्गलबार, ०५ पुस २०७९, १२ : ०६
नेपाली कांग्रेसको इतर पक्षले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका रुपमा साझा उम्मेदवार बनाउने तयारी गरेको छ । मंगलबार बिहान राजधानीको एक होटलमा भएको इतर पक्षको बैठकले थापालाई साझा उम्मेदवार बनाउने विषयमा समझदारी भएको हो ।
यो बैठकलगत्तै फेरि होटल बसेरामा बैठक बसेर नेता शेखर कोइरालाले गगन थापालाई साझा उम्मेदवार प्रस्ताव गर्ने एक नेतालाई बताए । उक्त बैठकमा इतर पक्षका नेता र सांसदहरुको सहभागिता रहने बताइएको छ ।
यसअघि शेखरले पनि संसदीय दलको नेतामा आफू उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएका थिए । तर, इतर पक्षको छलफलका क्रममा शेखर पछि हट्न तयार भएका हुन् ।
यस्तै संस्थापन पक्षबाट भने देउवा उम्मेदवार हुने भएका छन् । आजै संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन अनुसार मनोनयन दर्ता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण