यस्तो देखियो एमाले सांसदहरुको भेला (तस्बिरहरु)
मङ्गलबार, ०५ पुस २०७९, १४ : ४९
नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला गरेको छ । एमालेले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो ।
भेलामा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी छन् । यस्तै सो भेलामा लोकप्रिय मत ल्याएर चुनाव जितेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको छ ।



















Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण